काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयहरुले ७५ प्रतिशत राजश्व संकलन गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज,विराटनगर,मेची र तातोपानी भन्सार कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजश्व संकलन गरेका हुन् ।
चार भन्सार कार्यालयहरुले लक्ष्यअनुसार नै राजश्व संकलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज,विराटनगर,मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात १३ प्रतिशत वृद्धि गरेको छ । सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजश्व संकलन गरेको दाबी गरेका छन् । केही दिनअघि प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् । भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भन्सारमा राजश्व वृद्धि भएको बताए ।
वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजश्व संकलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गर्नुभयो । उहाँले विदाको दिन करिव ५ हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको बताउनु भयो । उहाँले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनु भयो । उहाँले स्थानीयहरुको मागअनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेको बताउनु भयो । उहाँले औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताउनु भयो । उहाँले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजश्व संकलनमा वृद्धि भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको छ । पुस महिनामा ९० प्रतिशत पुग्छौं । चालु आ।व।को ६ महिनामा ७५ प्रतिशतमा छौं । भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास हुन्छ । यात्री शाखा व्यवस्थापन पुरानो भन्सार कार्यालयबाट भइरहेको छ । विदाको दिन करिव ५ हजार सवारी साधन दर्ता भएर बिल काटेर नेपाल प्रवेश गरेको छ । अरु दिन २५ सय सवारी साधन विल काटेर प्रवेश गर्छन । यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाउने गरेका छौं । स्थानीयहरुको मागअनुसार विहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेका छौं । औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेर्ड जोनबाट सामानहरु पास गछौं । बाँकी एलो र ग्रिनबाट जान्छ । व्यापार सहजिकरण,व्यवसायीहरुको समय व्यवस्थापन र जोखिम व्यवस्थापन गर्ने गरी छिटो छरितो र व्यवस्थित गरेका छौं ।’
विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजश्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताउनु भयो । उहाँले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको बताउनु भयो । उहाँले पुससम्म सतप्रतिशतको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने संकेत देखिएको बताउनु भयो । उहाँले यस वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताउनु भयो । उहाँले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ विराटनगर भन्सार कार्यालयको राजश्वमा ८ प्रतिशत योगदान रहेको छ । वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको छ । पुससम्म सतप्रतिशतको अवस्था छ । आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने देखिएको छ । यो वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा छ । विराटनगर भन्सार कार्यालय सविधाको हिसावले सुविधा सम्पन्न कार्यालयभित्र पर्छ । आइसीपी पनि व्यवस्थित छ भने रेल सेवा समेत उपलब्ध छ । कार्गो रेल उद्घाटन भएपनि निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन । वैदेशिक व्यापारको सन्दर्भमा हेर्दा गत वर्षको तुलनामा २ प्रतिशत कमजोर छौं । निर्यातमा ६ प्रतिशतले माथि छौं । जुन तेलको निकासी बढेको छ ।’
मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य राखेकोमा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य छ । मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलनको अवस्थामा छौं । मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको छ । भन्सारमा केही समस्याहरु छन् । खुला सीमा छ ।’
चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले अघिल्लो वर्ष १३ अर्ब संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको बताउनु भयो । उहाँले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजश्व संकलनमा वृद्धि गरेको पनि बताउनु भयो । उहाँले कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजश्व सकलन कम भएपनि अहिले बिस्तारै वृद्धि हुँदा राजश्व संकलनमा वृद्धि भएको दाबी गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेका थियौँ । अघिल्लो वर्ष १३ अर्ब संकलन भएको थियो । मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशत वृद्धि हो । कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदै थियो । अहिले बिस्तारै ल्याण्ड भन्सारबाट हुन थालेको छ । विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी भएको हुनाले चीनसँगको व्यापार बढ्दो अवस्थामा छ । भारतको भन्दा चीनतर्फको भन्सारमा यात्रु व्यवस्थापन सजिलो छ । भिसा नलिई चीन जान÷आउन नपाउने हुँदा समस्या छैन ।’
चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनको लागि अबको ६ महिनामा ८ खर्बको राजश्व संकलन गर्नुपर्ने आवश्यकता छ ।