८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

त्रिपाठीमाथि हातपात गर्नेमाथि अदालतले हस्तक्षेप गरोस्: वरिष्ठ अधिवक्ता बानियाँ

त्रिपाठीमाथि हातपात गर्नेमाथि अदालतले हस्तक्षेप गरोस्: वरिष्ठ अधिवक्ता बानियाँ
अ+ अ-

काठमाडौं । अधिकारकर्मी ज्योति बानियाँले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । उनले भारतीय अभ्यासअनुसार सर्वोच्च या उच्च अदालतले हस्तक्षेप गरोस् भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै अधिकारकर्मी बानियाँले त्रिपाठीमाथि भएको हातपात गम्भीर अपराध भएको बताएका छन् ।

उनले लेखेका छन्–

‘वकिलमाथि हातपात – भारतिय अभ्यास – वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठिको विवादमा पनि सर्बोच्च/ उच्च अदालतले हस्तक्षेप गरोस् ।’

भारतमा गत मार्च २०२४ मा वकिलहरु हडतालमा थिए । यहीँ बेला गौतमबुद्ध नगरस्थित जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता गौरव भाटिया र अधिवक्ता मुस्कान गुप्तामाथि बहसका लागि इजलास पस्न खोज्दा भएको हातपात आक्रमण माथि अनुसन्धान गर्न अदालत आफै प्रतिबेदन लिएर कारबाही शुरु गर्‍यो ।

प्रधानन्यायाधीशको निर्देशनमा घटनाको सीसीटीभी फुटेज सुरक्षित गर्न, जिल्ला न्यायाधीशबाट प्रतिवेदन प्राप्त गर्न र दुव्र्यवहारको बारेमा प्रशासनिक कर्मचारीहरूबाट जानकारी सङ्कलन गर्ने काम तत्काल गरियोे ।

हडताल आह्वान गरेकोमा बहस गर्न गएको भनि वकिलले वकिल माथि घाटिमा लगाएको बेन्ड तानेर लछारपछार गर्दै दुव्र्यवहार गरेको घटना थियोे ।

अदालतले फैसला गर्दै भन्यो– ‘निवेदक सार्वजनिक व्यक्तित्व हुँदाहुँदै पनि अदालतमा उपस्थित भएर वादीको बचाउ गर्ने आफ्नो व्यावसायिक कर्तव्य निर्वाह गरिरहेका थिए। अदालतमा उपस्थित हुँदा वादीमाथि हातपात र उनको ब्यान्ड खोस्नु तान्नु सबैभन्दा निन्दनीय कार्य हो, जुन सर्वोच्च अदालत तथा प्रत्येक अदालतले यस विषयमा गम्भीर रूपमा हेर्नुपर्छ । प्रत्येक वकिलको अदालत समक्ष प्रतिनिधित्व गर्नु धारा २१ अन्तर्गत संरक्षित संवैधानिक अधिकार हो र कानूनी पेशाकर्मिहरूले आफ्नो क्षमताले भ्याएसम्म सबैभन्दा लगनशील रूपमा आफ्नो दायित्व पूरा गर्नु सम्बन्धित वकिलको कर्तव्य हो। गौतमबुद्ध नगरस्थित अदालतमा अधिवक्ताहरू हडतालमा थिए होलान्, तर सान्दर्भिक कुरा के हो भने, जानकारी गराइएपछि, वादीले स्थगनको लागि सहमति जनाएपछी यो घटना भएको पाइयो । यी परिस्थितिहरूमा, उनको ब्यान्ड तान्ने वा उनको मुद्दामा उल्लेख गरिए अनुसार हातपात गर्ने, उनीमाथि गरिएको सबैभन्दा निन्दनीय कार्य थियो ।’