२५ श्रावण २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविका वकिलको मागः तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ



file photo
अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

बुधबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । बहसमा दुवै वरिष्ठ अधिवक्ताले सहकारी ठगीमा लामिछाने निर्दोष भएको जिकिर गरे ।

सरकारले दूषित मनसायका साथ अदालतमा अभियोग पत्र दायर गरेको भन्दै उनीहरुले गोर्खा मिडियामा ल्याईएको रकमबारेमा लामिछानेलाई थाहा नभएको दाबी गरे । गोर्खा मिडियाको सबै कारोबार जीबी राईले गरेको बताउदै अधिवक्ता पन्तले यसमा लामिछानेको संलग्नता नरहेको   जिकिर गरे । उनले लामिछानेले तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने बताए ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । काठमाडौंमा उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।

रविविरुद्ध बहस गरेका सरकारी वकिलहरूले भने उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।