२ माघ २०८१, बुधबार
,
Latest
आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता काठमाडौँ महानगरपालिकामा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर -फोटो फिचर ‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेट: उद्घाटन खेलमा सुदूरपश्चिम विजयी गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपीन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री राणाले आज कतारका समकक्षी कुरा गर्ने



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । परराष्ट्र मन्त्री राणाले आज बिहान सवा ११ बजे कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गर्ने तय भएको हो ।

त्यस क्रममा परराष्ट्र मन्त्री राणाले विपीनको रिहाइको पहलका निम्ति आग्रह गर्नुहुने छ ।

हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि यसअघि पनि परराष्ट्र मन्त्री राणाले कतार, इजिप्ट र इजरालका राजदूतहरुसँग कुरा गरिसक्नुभएको थियो ।

परराष्ट्रमन्त्री राणाले हिजो संसदीय समितिमा विपीन रिहा हुने आशा व्यक्त गर्नुभएको थियो । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उहाँले भन्नुभएको थियो, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।

बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।