२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको १८ औं सिजन मार्च २१ बाट सुरु हुने, फाइनल कोलकातामा



अ+ अ-

एजेन्सी । आईपीएल २०२५ को पहिलो खेल २१ मार्चमा कोलकातामा हुने भएको छ । प्रतियोगिताको फाइनल पनि यहीँ मे २५ मा हुनेछ । त्यस्तै, महिला प्रिमियर लिग (डब्लुपिएल) को तेस्रो सिजन फेब्रुअरी ७ बाट सुरु भई मार्च २ सम्म चल्नेछ । यसपटक प्रतियोगिता २ स्थानको सट्टा ४ स्थानमा खेलाइनेछ ।

क्रिकइन्फोको रिपोर्टका अनुसार आईपीएल कमिटीले सबै फ्रेन्चाइजीहरूलाई प्रतियोगिताको सुरुवातको विवरण पठाएको छ, ताकि उनीहरूले खेलाडीहरूको बारेमा आफ्नो तयारी सुरु गर्न सकून् ।

आईपीएलको डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले फाइनलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

आईपीएलको पूर्ण तालिका जनवरीको अन्त्यमा सार्वजनिक हुनसक्छ ।

आईपीएलको मेगा अक्सन नोभेम्बरमा भएको थियो । त्यसपछि समितिले सबै टोलीलाई आगामी ३ वर्षको सम्भावित कार्यतालिका सुनायो । जस अनुसार यस पटक प्रतियोगिता मार्च १५ देखि मे २५ सम्म हुने थियो ।

तर, आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल भने मार्च ९ मा हुनेछ । त्यसैले खेलाडीलाई आराम दिन बीसीसीआईले आईपीएल सुरु हुने मिति एक साता पछि सारेको हो ।