९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

मन्त्रालयलाई कुलमानको जवाफ: नियुक्ति रद्द गर्ने भन्ने विषय विधिसम्मत छैन

मन्त्रालयलाई कुलमानको जवाफ: नियुक्ति रद्द गर्ने भन्ने विषय विधिसम्मत छैन
अ अ+ अ-

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरणको जवाफ बुझाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुष २२ गते ९ बुँदे स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरणमा कुलमानले आफूले कार्यसम्पादनमा पनि उच्च अङ्क प्राप्त गरेको र सरकारले ४ वर्षका लागि भनेर नियुक्ति गरेको भन्दै अहिले हटाउन नमिल्ने जिकिर गर्नुभएको छ । मन्त्रालयले घिसिङलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो ।

मन्त्रालयले ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको मन्दै स्पष्टीकरण सोधेको जनाईएको छ ।मन्त्रालयले सात दिन भित्र स्पष्टीकरण पेश गर्न समय तोकेको छ ।

चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ । सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो कार्यसम्पादन विवरणलाई विधिसम्मत मूल्याङ्कन गर्नुपर्ने व्यहोरा अनुरोध गरिएको छ । उक्त कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुरुप ९८.९९ प्रतिशत अङ्क प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हाँसिल भएको अवस्थामा नियुक्तिपत्र रद्दगर्ने भन्ने विषय आफैमा विधिसम्मत नहुने व्यहोरा समेत निवेदन गरिएको छ ।

पत्रमा कार्यसम्पादन विवरण मुलत: कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र सो विवरण बुझाउन नियमित तथा आकस्मिक कार्यभार एवम् संस्थाको अति जरुरी कार्यकोलागि खटिनु परेकोले केही समय लाग्न गई भाद्र मसान्त पश्चात पेश भएकै कारणले सो कार्यसम्पादन विवरण मूल्याइन हुनै नसक्ने र सेवा अन्त्य गर्ने आधार हुन सक्दैन भनिएको छ ।

पत्रमा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०७८ ।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अबधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भैरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा तहाँको उक्त पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारवाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको व्यहोरा समेत अनुरोध गरिएकाे छ ।