१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलन थाइल्याण्डको बैंककमा १५—१६ मार्चमा आयोजना हुने बताइएको छ ।

सम्मेलनले नेपाली प्रवासी युवालाई सशक्त बनाइ उनीहरुलाई नेपालको समृद्धि र विकाससँग जोड्ने लक्ष्य लिएको एनआआरएनएका अध्यक्ष डा. बद्रि केसीले बताउनु भयो । उहाँले सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पु¥याउने लक्ष्य राखेको बताउनु भयो ।

अध्यक्ष केसीकाअनुसार सम्मेलनले युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासन जस्ता समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रश्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

त्यस्तै, १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष केसीले बताउनु भयो ।

संघले एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामाकरण गरेको र सो अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भुमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भुमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैंगिक समानताका बारेमा छलफल हुने बताउनु भयो ।

अध्यक्ष केसीले एशिया कन्फ्रेन्समा एशियाका ११ वटा देशहरुको सहभागिता रहने जानकारी दिनुभयो ।