२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताउनु हो । उहाँले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताउनु भयो ।

उहाँले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गर्नुभयो । उहाँले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउनु भयो । उहाँले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताउनु भयो । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

पाण्डेले भन्नुभयो, ‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरि अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद बोलाउनुपर्छ ।

संसदमै बसेर सरकारले विधेयकहरु प्रश्तुत गरेर विधेयकका कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ । संसदलाई यसरि छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं । यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन । अहिले हाम्रो अभियानको रुपमा जनतासँग जाने कुरामा जोड छ । छिटो संसद चलाउनुपर्छ । संसदमा हामी जनताका कुराहरुलाई उठाउँछौं ।’

नेकपा (माओवादी केन्द्र) सरकारतिर नभई जनतातिर जान चाहिरहेको उहाँको भनाइ छ ।