११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि फेरि प्रहरी हिरासतमा, थुनछेक बहस भोलि जारी रहने



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आज सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

तर अदालतले थुनछेक बहसको बाँकी कार्य नसकिएको भन्दै रविलाई प्रहरीको जिम्मा लगाएको छ । अदालतको आदेशपछि रविलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा भएको बहसमा रवि पक्षका कानुन व्यवसायीहरु सुशील पन्त र रमण श्रेष्ठले भने रविलाई परिवार वा कानुन व्यवसायीको जिम्मा लगाउन माग गरेका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आजै जिल्ला अदालतमा उपस्थित भएका थिए ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रबिसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।

तस्वीर : गोपाल दाहाल/रासस