४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

महामारीलाई ख्याल ख्याल नसोचौं, स्वास्थ्य मापदण्डको पालना गरौं — पूर्व मन्त्री गगन थापा

महामारीलाई ख्याल ख्याल नसोचौं, स्वास्थ्य मापदण्डको पालना गरौं — पूर्व मन्त्री गगन थापा
अ+ अ-

काठमाडौं । कोविड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अहिलेका हरेक व्यवहार पूर्ण सजगताका साथ सञ्चालन गर्नु पर्ने बताउनुभएको छ ।

आज महानगरको वडा ७, ९ र ३० मा आयोजना गरिएको गुर्जो रोपण तथा वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले भन्नुभयो — ‘कोविड संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसक्यो । सबै अस्पताल भरिएका छन् । अस्पतालमा भएको यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्छ ।’

‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’ पूर्वमन्त्री थापाको भनाइ थियो । 

कार्यक्रममा थालनीमा स्थानीय ९७ बर्षिय आशाकाजी महर्जन लाई गुर्जोकोकेि विरुवा प्रदान गरिएको थियो । आजै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ । कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य थियो । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराउनु भएको हो । 

कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताउनुभयो । 

रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार आज १ हजार विरुवा वितरण हुनेछन् । एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ ।