२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी श्रेष्ठले लामो समय कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । कमिसनबाट उनले काठमाडौंलगायत बिभिन्न स्थानहरूमा घर घडेरी, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख थियो ।

यस सम्बन्धमा अनुसन्धान हुँदा श्रेष्ठले चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र चौवन्न पैसा बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीसँग बिगो चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न कायम गरी सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी गरिएको छ ।