१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।” रासस