७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

दार्चुलामा कालीको पानी छोएर गृहमन्त्री थापाले के भने ?

दार्चुलामा कालीको पानी छोएर गृहमन्त्री थापाले के भने ?
अ+ अ-

काठमाडौं । काठमाडौ । सरकारले दार्चुलाको छारुङमा अध्यागमन कार्यलयको स्थापना गर्ने तयारी गरेको छ ।  नेपाल भारत सीमा दार्चुलाको ब्यास गाँउपालीका को छारुङमा रहेको सीमा प्रशासन कार्यलयले नागरिकताको प्रमाणपत्र पनि बितरण गर्नेभ एको छ । 

सीमा क्षेत्रको  स्थलगत अबस्था बुझन शुक्रबार छारुङ पुग्नु भएका गृहमन्त्री रामबहादुर थापाले छारुङका स्थानीय बासिन्दाको समस्यालाई प्राथामिताका आधारमा सम्बोधन गर्दे जाने जानकारी  गराउनु भयो । शुक्रबारको रात छारुङमा नै बिताउनु भएका गृहमन्त्री थापा संग स्थानीय बासिन्दाले यातायात, बिजुली ,स्बास्थ्थसेवा , शिक्षा र रोजगारीको लागि अनुरोध गरेका थिए ।  

सीमा सुरक्षाको पहिलो खम्बाका रुपमा रहेका स्थानिय बासीन्दाको मागलाई  पुरा गर्दे जाने प्रतिबद्धता जनाउदै गृहमन्त्री थापाले १२  महिना नै त्यही बस्ने बाताबरण मिलाउने पनि बताउनु भयो । हाल छारुङका बासिन्दा  बिभिन्न कारणले ६ महिना मात्र त्यस स्थानमा बस्ने गरेका छन् ।  स्थलगत अबलोकनका क्रममा गृहमन्त्री थापाले छारुङमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको बहुउदेश्यीय भबनको पनि शिलन्यास गर्नुभयो । 

सशस्त्र प्रहरीबल नम्बर ५० गुल्मको १५ रोपनी जग्गामा करिब ११ करोडको बहुबर्षिय योजना अनुसार  यसै बर्ष बाट भबन  निर्माण सुरु हुदैछ ।  भबन शिलन्यास कार्यक्रममा  गृहमन्त्री  थापाले सीमा सुरक्षालाई  थप मजबुत बनाउनका लागि गुल्मस्तरको सशस्त्र प्रहरीबलको जनशक्ति यस क्षेत्रमा क्रियाशिल हुने बताउनु भयो  ।  

यो गुल्मले जनताको सुरक्षा साथै सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा दार्चुलाका सासद गणेश शिह ठगुन्ना,  गृहसचिब महेश्वर न्यौपाने, शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल गृहमन्त्रीका सल्लाहकार सुर्य सुबेदी ,शसस्त्र प्रहरी बलका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

गृहमन्त्री रामबहादुर थापाले व्यास गाउँपालिकाको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको गुल्म शिलन्यास गरेका छन् । उनले सीमा सुरक्षाका लागि आफू र वर्तमान सरकार लागि परेको त्यस अवसरमा बताए । त्यसपछि कालापानीको हवाई निरीक्षण तथा स्थानीयसँग छलफलमा निस्किएका गृहमन्त्री थापासँग त्यहाँका स्थानीयले सडक, स्वास्थ्यचौकी र रोजगारीको माग समेत गर्न भ्याए । 

घरदैलोमा गृहमन्त्री आएपछि नमागुन पनि कसरी । दार्चुलाका छाङरुबासीले उनीसँग दिल खोलेरै आफ्ना समस्याहरु बिसाए । गम्भीर स्वभावका मन्त्री बादलले सडक, स्वास्थ्यचौकी र रोजगारी माग गरेका स्थानीय जनतालाई आफूले सक्दो सहयोग र पहल गर्ने आश्वासन पनि दिए । 

उनीहरुले पहिलो पटक सरकार आफूहरुको आँगनमा आएकोमा खुशी व्यक्त गर्दै व्यासबासीलाई सरकार भएको आभाष दिलाउन आग्रह गरे। यस्तै, युवाहरुका लागि रोजगारीको व्यवस्था गर्न माग गर्दै सरकारसँग आफूहरुका लागि आरक्षण कोटाको व्यवस्था गर्न आग्रह गरेका छन्।

उनीहरुले सडक, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताबाट बञ्चित जनतालाई खुला प्रतिस्पर्धामा ल्याउनुको साटो उनीहरुलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन्। स्थानीयसँगको छलफलका क्रममा गृहमन्त्री थापाले सरकारले बाटोको निर्माण गरिरहेको बताउदै यहि नै उपचार हुने गरि स्वास्थ्य चौकीको समेत व्यवस्था मिलाउने बताएका छन्। उनले सुत्केरीका लागि हेलिमार्फत अस्पताल लैजाने व्यवस्था यसअघि नै भइसकेको भन्दै आवश्यकता परे जेष्ठ नागरिकका लागि पनि हेलिको प्रयोग गर्न सकिने बताए।

सरकारले सो क्षेत्रमा सुरक्षाकर्मी राखिसकेको र विस्तारै अन्य विकासका कामहरु पनि भइरहेकाले अब सो क्षेत्रमा उद्योग व्यवसाय बढ्ने र बाह्र महिना त्यहि बस्न सकिने उनको भनाई छ। रोगजारीको कुरामा जोड दिदै गृहमन्त्री थापाले भने, ‘यहाँका युवालाई प्रहरी सेनामा भर्ना गर्न सकिन्छ। पढेलेखेका युवाले जागिरखान सक्छन्। व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण तथा अनुदान दिन सकिन्छ।’ 

शुक्रवार राति गागास्थित सशस्त्र क्याम्पमै बसेका गृहमन्त्री थापाले शनिवार बिहान महाकाली नदी तट क्षेत्रको पनि अवलोकन गरेका थिए। भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी छाङरु गाउँबाट १४ किलोमिटर उत्तरमा पर्छ। कालीको पानी छोएर उनले भने, नेपाली भूमिको रक्षा गर्नु हाम्रो कर्तव्य हो, आफ्नो मातृभूमिको रक्षाबाहेक हाम्रो अर्काे कुनै महत्वको काम हुन सक्दैन ।