१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनहरी दुर्घटनामा थप एकको मृत्यु



अ+ अ-

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार एकापसमा ठक्किँदा कारचालक हेटौँडा उपमहाननगरपालिका–४ स्कुलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते कारचालकको चितवन अस्पताल र श्रेष्ठको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँ निवासी २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी २६ वर्षीया पुजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशङ्कर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिब्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

घाइते सबैको इलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ । स्कार्पियो चालक भने फरार छन् ।