१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण



अ+ अ-

मङ्गलबारे । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ । जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो ।

सालिकको २१ नं बाहिनी अड्डाका बाहिनीपती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा उक्त सालिक अनावरण गर्नुभयो । सोही गणका कार्यरत जमदार कुलमान सोतीमगरले सालिक निर्माण गर्नुभएको हो ।

जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीसहित तीन सय ५० बढीको समूह इलाम चोकबजारमा भेला भई बजारस्थित माईस्थान मन्दिर–भ्यू टावर हुँदै गढीथुम्का ब्यारेकमा पुगेर सालिक अनावरण भएको थियो ।

कार्यक्रममा जिल्लाका इतिहासविद् वैद्यसहित अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । निसान पदमार्गमा सहयोग पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको थियो । रासस