१३ माघ २०८१, आईतवार
,
Latest
टिप्परको ठक्करबाट एकको मृत्यु ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’ सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको तेस्रो दिनको बहस सुरु एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख तिलकको अर्धशतकसँगै भारतले इंग्ल्याण्डलाई हरायो रास्वपाको सचिवालय बैठक बस्दै अर्थतन्त्र चलायमान बनाउन अध्यादेश: अर्थमन्त्री पौडेल बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको योगदानको स्मरण



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय एकता दिवसले समृद्ध नेपाल सुखी नेपालीको साझा संकल्प साकार पार्न एकजुट भईउ अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै भन्नुभएको छ–

‘तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ ।