२५ कार्तिक २०८२, मंगलवार
,
Latest
मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड



अ+ अ-

काठमाडौँ: फोटो तथा चित्रको अनाधिकृत रुपमा प्रयोगका विषयलाई लिएर फोटो पत्रकार तथा कलाकारहरुले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया गरेको थियो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले डिजिटल मिडियाको प्रवेशसँगै फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्दै गएकाले प्रतिलिपि अधिकारमा समस्या देखिँदै गएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा प्रतिलिपि अधिकारका विषयमा ध्यान दिन एकमुष्ट सुझाव पेस गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, एशोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले पत्रकार महासङ्घको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले तत्काल सबै फोटोग्राफीमा संलग्न सङ्घसंस्थासँग छलफल गरी कानुन निर्माण प्रक्रियालाई सहयोग गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका प्रतिनिधि सालिकराम खतिवडाले हालसम्म गीत सङ्गितका विषयहरु मात्र बढी प्रतिलिपिको बारेमा बहस भएकाले फोटोको विषय झनै जटिल भएकाले आगामी दिनमा विभिन्न फोटो र फोटोकलासँग सम्बन्धित सङ्घसस्थाहरुसँग छलफल र परामर्श गरी क्षतिपूर्तिसहितको कानुन निमार्णमा अगाडि बढ्ने बताउनुभयो ।

उक्त अन्तरक्रिया नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा फोटो पत्रकार, चित्रकार, प्रतिलिपि रजिस्ट्रारका प्रतिनिधि र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो ।रासस