७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड

अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड
अ+ अ-

काठमाडौँ: फोटो तथा चित्रको अनाधिकृत रुपमा प्रयोगका विषयलाई लिएर फोटो पत्रकार तथा कलाकारहरुले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया गरेको थियो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले डिजिटल मिडियाको प्रवेशसँगै फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्दै गएकाले प्रतिलिपि अधिकारमा समस्या देखिँदै गएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा प्रतिलिपि अधिकारका विषयमा ध्यान दिन एकमुष्ट सुझाव पेस गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, एशोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले पत्रकार महासङ्घको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले तत्काल सबै फोटोग्राफीमा संलग्न सङ्घसंस्थासँग छलफल गरी कानुन निर्माण प्रक्रियालाई सहयोग गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका प्रतिनिधि सालिकराम खतिवडाले हालसम्म गीत सङ्गितका विषयहरु मात्र बढी प्रतिलिपिको बारेमा बहस भएकाले फोटोको विषय झनै जटिल भएकाले आगामी दिनमा विभिन्न फोटो र फोटोकलासँग सम्बन्धित सङ्घसस्थाहरुसँग छलफल र परामर्श गरी क्षतिपूर्तिसहितको कानुन निमार्णमा अगाडि बढ्ने बताउनुभयो ।

उक्त अन्तरक्रिया नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा फोटो पत्रकार, चित्रकार, प्रतिलिपि रजिस्ट्रारका प्रतिनिधि र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो ।रासस