९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

प्रेस चौतारीको विराटनगरमा हुने महाधिवेशनको उद्घाटन ओलीले गर्ने

प्रेस चौतारीको विराटनगरमा हुने महाधिवेशनको उद्घाटन ओलीले गर्ने
अ अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालको फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १० औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।

महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुने भएको छ । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको सो निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।

महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य रहनुहुने भएको छ ।

महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ ।

बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।

महाधिवेशनमा प्रस्तुत गर्ने संगठनको तत्कालीन र दीर्घकालीन कार्ययोजना तयारीको प्रस्ताव तयार पार्न उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय प्रस्ताव समिति गठन भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने समसामयिक प्रस्ताव लेखनका लागि उपाध्यक्ष सविन प्रियाशन चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

यसै गरी स्मारिका प्रकाशनका लागि उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरिएको छ । महाधिवेशनको प्रचार प्रसारका लागि उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखनका लागि महासचिव हिरामान लामाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

महाधिवेशन प्रस्तुत गरिने आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष इन्द्रप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय आर्थिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।

महाधिवेशनमा अभिलेख व्यवस्थापनका लागि उपमहासचिव शुरोजंग पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापनका लागि संगठनका सचिव हरिबल्लभ नेपालको संयोजकत्वमा १५ सदस्यीय प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन सम्बन्धी प्रस्ताव लेखनका लागि सचिव प्रदीप आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।

महाधिवेशनमा आर्थिक सङ्कलन तथा व्यवस्थापनका लागि सचिव विष्णु तारुकेको संयोजकत्वमा १० सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

अतिथि सत्कार समितिको संयोजकमा सचिव लोग्शरी कुँवरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले ३२ जना केन्द्रीय सदस्य तथा तीन जना लेखा आयोगका सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

संगठनको स्थापना दिवसको दिन प्रदान गरिँदै आएको हृदयचन्द्र सिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन भएको छ । त्यस्तै महिला पत्रकारलाई प्रदान गर्ने गरी यसै वर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरिएको छ ।