२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 2.06

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित



अ+ अ-

काठमाडौँ । शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ ।

चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो ।

घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् व्यापार समेत सुस्ताएको छ । चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् ।

चिसोले विद्यार्थी विद्यालय जाने संख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ । कतिपय विद्यालयहरुमा हिउँदे विदा दिइएको छ ।