२६ पुष २०८१, शुक्रबार
,
Latest
मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित यो सरकार अब अघि बढ्न सक्दैनः अध्यक्ष दाहाल संसद भंग गरी ठेलेको ठेल्यै ०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा सीमास्तम्भ मर्मत गरिँदै



अ+ अ-

बनियानी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ ।

नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो ।

झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।