९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह
अ अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने बताउनु भएको छ ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्ननसक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘हामी सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका छौँ ।’

सन्देशमा भनिएको छ -नेपालमा यतिबेला सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उनको भनाइ छ । हामी सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका छौँ ।

उहाँले भन्नुभएको छ- हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ ।

पूर्वराजा शाहले दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि उल्लेख गर्नुभएको छ ।
सन्देशमा भनिएको छ -राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ, नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हून्छ भन्ने हाम्रो धारणा हो ।

उहाँले सबै नेपालीलाई सुखी र सन्तुष्ट राख्नु आवश्यक रहे पनि विश्वको व्यवस्थामा नेपाल कुन कुनामा छ भनी सोचनीय रहेको बताउनु भयो । उहाँले आवधिक निर्वाचन र स्वतन्त्रताले मात्र प्रजातन्त्रको मूल्य बोक्न नसक्ने तर राष्ट्रियता आमसुरक्षा र गासबाससहितको व्यवस्था नै पूर्णप्रजातन्त्र हुने जनाउनु भयो ।