४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ?

पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ?
अ+ अ-

पृथ्वीनारायण शाहको पुर्खालाई इस्लाम (मुसलमान) हुन् भनी भजाउने, फिजाउने, भड्काउनेको जमात उत्तिकै छ । जसले कुलदेवको रुपमा आलमदेवीलाई पुज्छ, जसले भारद्वाज गोत्र त्यागेर काश्यप गोत्र बनायो, जसले आफूलाई हिन्दूपति ठान्छ, जसले हिन्दूका देवीदेवतालाई इष्टदेव सम्झन्छ, जसको संस्कार हिन्दूधर्मअनुसार हुन्छ, जसले गोरखाको धर्मावती (दरौँदी)मा शिवालय बनाउँछ त्यो कसरी मुसलमान हुन सक्छ ?

पृथ्वीनारायणले नुवाकोटभैरवीप्रति अगाढ श्रद्धा राख्थे, धादिङकी सल्ल्यानदेवीको अनुष्ठान गर्न हुरुक्क हुन्थे, हिन्दू र बौद्धका मठमन्दिरलाई गुठी राखिदिन्थे, जोगीको आशीर्वाद लिन्थे, हरेक कोटमा काली, भैरव र गोरखनाथलाई प्रार्थना गर्थे, युद्धपूर्व तन्त्रअनुसार पूजा गर्थे ।

गोरखाली राजाहरू मस्जित गएको, अल्लाहको प्रार्थना गरेको, रानीहरूले बुर्का लगाएको, शाहका पितापुर्खाको विवाह मुसलमानसँग भएको, नमाज पाठ गराएको वा कुरान पढाएको पाइँदैन ।

पृथ्वीका पुर्खा कुलमण्डन शाह र तिनका पुर्खाहरुको भाषा नेपाली थियो, दशैँ  तीहार मनाउँथे । उनीहरु यहीँका उपज हुन् भन्ने तथ्यलाई उनीहरुको भाषा, खाना, भेष, पूजा, जीवनशैली, संस्कार आदिले पुष्टि गर्दछ ।

नरभूपालकी श्रीमतीबाट सन्तान नहुँदा भूटानबाट बौद्धधर्मका गुरु बोलाइएका थिए तर मुसलमानलाई धार्मिक अनुष्ठानमा स्थान दिएको देखिँदैन । जतिबेला पृथ्वीनारायणका पुर्खा नेपाल आएका थिए त्यतिबेला मुसलमानलाई यहाँका जनताले अछुत मान्दथे भने उनीहरूलाई राजा स्वीकार्ने त कुरै थिएन ।

इतिहासै नपढी, कुल र मुललाई नबुझी ज्ञानेन्द्र र पारसप्रति रिस पोख्न बलजफ्ती पृथ्वीलाई मुसलमान बनाउन खोज्दा इतिहासप्रति अन्याय होला कि ?

पृथ्वीका पुर्खाको थर किन खाँ/खान् भयो ? बुझ्न जरुरी छ । उनका पुर्खा ठकुरी क्षेत्री थिए । कुलमण्डलको शासनकालपूर्व त्यस क्षेत्रमा मुसलमान राजा वा अन्य व्यक्ति त्यहाँ आएको प्रमाण छैन । यही भूमिमा बस्दै आएका खाँहरु पछि खाँडमा परिवर्तन भए । शासक बनेपछि शाहमा रुपान्तरण भए ।

इस्लामिक देशहरुमा राजालाई शाह भन्थे, प्रभावशाली राजाहरुले आफूलाई महाराज भनाउन बादशाह लेख्थे । तथापि इस्लामधर्मको जन्मभन्दा धेरै पहिले संकलन गरिएको वेदमा राजाधिराजाय प्रसह्य शाहिने नमो वयं…. भन्ने मन्त्रले शाहि शब्द आयातित होइन र इस्लामधर्मसँग साइनो गास्नुभन्दा पहिलेदेखि नै हिन्दूहरुमा प्रयोग हुँदै आएको थियो ।

खाम्चा मिम्चा मगर खकलका खान, साही र साह ।

स्याङजा कास्कि लमजुङ हुँदै गोरखा काठमाँडू ।।

पृथ्वीनारायण त्रिभुवनै पञ्च राजा महेन्द्र ।

मग्राती हौ न भन परका पारकोटी लसर्घा ।।

अर्थात् “खाम्चा, मिम्चा, खान, साही र साह मगर खकलका हुन् । यिनीहरूको प्राचीन थलो स्याङजाको पारकोट र लसर्घा हो । उनीहरु त्यहाँबाट गोरखा हुँदै काठमाडौँ अधित्यकालगायत विशाल नेपालको निर्माण गरेर पृथ्वीनारायण शाह, त्रिभुवन एवं महेन्द्रजस्ता प्रसिद्ध राजाहरू भए ।”

शाहहरु मुसलमान थिए भने कुलदेवी र गोत्र हुने थिएन, पुर्खाको नाम पनि इस्लामधर्मसँग मिल्न जाने थियो । राज्याभिषेक, जीवनशैली, संस्कार र इतिहासबाट उनीहरु यहीँका धर्तीपुत्र भएको प्रष्ट हुन्छ ।