१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौं ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीको थुनछेक आदेश आउने भएपछि जिल्ला अदालत कास्कीको आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ। थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरा पुगेका छन् ।

रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका छन् ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो।आदेश आउने तयारीसंगै अदालत परिसर आसपास सुरक्षा व्यवस्था मजबुत बनाईएको हो ।

सहकारीको रकम अपचना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।