६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमण्डल पुनर्गठन: ओली–प्रचण्डबीच सोमवारको भेटवार्तामा पनि सहमति जुट्न सकेन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएको भेटवार्तामा सोमबार पनि सहमति जुट्न सकेन ।

दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन बिहीबारदेखी लगातार छलफल भइरहेको छ तर यस्ले ठोस निष्कर्ष निकाल्न भने अझै सकेको छैन् । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । 

लगातारको छलफलले अझै पनि कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
प्रधानमन्त्री ओली हाल मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानै  केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।