५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनु भएको छ ।

काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उहाँले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताउनु भयो ।

अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउदै उहाँले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो । ” बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ। ” उहाँले भन्नु भयो ।

अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढिले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राख्नु भयो ।

यस्तै उहाँले बिमाको प्रीमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गर्नु भयो ।

अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिनुभयो ।

कूल जनसंख्याकोे ४४ प्रतिशतमा पुगेको विमाको पहँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले वीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।