३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग कप: टोटेनह्यामसँग लिभरपुल स्तब्ध, न्यूक्यासलसँग आर्सनल पराजित



अ+ अ-

कारबाओ कपका नामले परिचित इङलिस फुटबल लिग वा लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनह्यामसँग लिभरपुल स्तब्ध भएको छ ।

टोटेनह्यामको रंगशालामा भएको पहिलो लेगको सेमिफाइनल खेलमा खेलको उत्तराद्र्धमा टोटेनह्यामले गोल गरी १–० गोल अन्तरले खेल जित्यो । यद्यपी यी दुई बीच हुने दोस्रो खेलले फाइनल यात्रा तय गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक यस खेलमा इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले निरन्तर आक्रमण गरी गोल गर्ने अनेकन मौका सिर्जना गरेको थियो, तर अन्तत: भाग्यशाली बन्यो टोटेनह्याम । खेलको ८६औं मिनेटमा टोटेनह्यामका फर्वार्ड लुकास बर्गभ्यालले डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेल अवधिमा झण्डै ६१ प्रतिशत अवधि लिभरपुलले बललाई आफ्नो नियन्त्रणमा राखी १४ पटक टोटेनह्यामको पोस्टमा प्रहार गरेको थियो तर टोटेनह्यामका गोलरक्षक र डिफेन्सले यी आक्रमणलाई निस्तेज बनाएका थिए ।

यी दुई टिमबीच अब फेब्रुअरी ७ मा लेगको दोस्रो खेल हुनेछ ।

यस्तै, अर्को सेमिफाइनल खेलमा आर्सनल न्यूक्यासलसँग २–० गोलले निराश बन्यो । न्यूक्यालका लागि अलेक्जान्डर इसाक र एन्थोनी गोर्डोनले गोल गरेका थिए ।
यी दुई टिमबीच आगामी फेब्रुअरी ६ मा दोस्रो लेगको खेल हुनेछ ।