७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ
अ+ अ-

काठमाडाैंः नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ मा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । प्रहरीले साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा ५ हजार ८४६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । तीमध्ये सबैभन्दा बढी मधेश प्रदेशका रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा यी प्रतिवादीबाट रू. ४३ करोड ५ लाख जरिवाना संकलन हुनेछ भने सबैको कैद भुक्तानको अवधि एक हजार ९६८ वर्ष रहेको छ ।

प्रदेशगत विवरण

-कोशी प्रदेश: ७३५ जना पक्राउ (जरिवाना रु. ३,१५,९१,१३७।–)

-मधेश प्रदेश: १५९४ जना पक्राउ (जरिवाना रु. ५,१६,११,४५५।–)

-बागमती प्रदेश: २६५ जना पक्राउ (रु. २,४४,४३,८३१।–)

-गण्डकी प्रदेश: ५०६ जना पक्राउ (रु. २,९९,९२,०२६।–)

-लुम्बिनी प्रदेश: १०३५ जना पक्राउ (रु. ३,८९,८४,०३९।–)

-कर्णाली प्रदेश: १६९ जना पक्राउ (रु. २६,६८,३११।–)

-सुदूरपश्चिम प्रदेश: २३५ जना पक्राउ (रु. २८,७२,१२८।–)

-काठमाडौँ उपत्यका: १,२५३ जना पक्राउ (रु. ९,९२,७५,७१४।–)

-केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी): ५४ जना पक्राउ (रु. १४,९१,०३,४१३।–)

नेपाल प्रहरीले अपराध नियन्त्रण र विधिको शासन सुदृढ गर्न यो अभियानलाई निरन्तरता दिने जनाएको छ।