९ भाद्र २०८३, मंगलवार
,
Latest
ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने



अ+ अ-

काठमाडौँ । उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ । उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।

अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’ नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ । यसैबीच काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’ को नाम ‘सङ्घीय राजधानी प्रहरी’ मा परिवर्तन भएको छ ।

नेपाल प्रहरी र सङ्घीय प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँंगै ‘सङ्घीय राजधानी प्रहरी’ प्रहरी प्रधान कार्यालय (केन्द्र) मातहतमा रहने व्यवस्था गरिएको छ । अध्यादेशपछि नेपाल प्रहरीलाई प्रदेश समायोजन प्रक्रियाका लागि बाटो खुलेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन २०६२ सालमा महानगरीय प्रहरी सेवा गठन गरिएको थियो ।

योअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा तीन जिल्लामा तीनवटा परिसर लगायतका कार्यालय रहेका थिए । यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरी अन्तर्गत रहने गरी व्यवस्था गरिएको थियो । ‘सङ्घीय राजधानी प्रहरी’ को नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले नेतृत्व गर्नेछ । गोरखापत्र दैनिक