१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले छाडेको भनि गरिएको प्रचार एमाले र मविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्रः सचिव भट्ट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले आफूले एमाले छाडेको भनि गरिएको प्रचार एमाले र आफू विरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्र भएको भट्टले प्रष्ट पार्नुभएको छ ।

आफूले एमाले बाहिर रहने कुराका कल्पना समेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताउनुभयो ।

भट्टले सुदूरपश्चिममा एमालेको बढ्दो प्रभाव रोक्नका लागि भ्रम फिँजाउन यो काम भएको बताउनुभयो । ‘यति बेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन्, त्यही भएर म माथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सकियो भने केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले अहिले भ्रम फिँजाउने काम गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस् र उनीहरूको लागि काम गरिदेओस् भन्ने अभीष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको बताउनुभयो । ‘म माथिको प्रहार भनेको अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमा नै हान्यो भने केही गर्न सकिन्छ कि भन्ने विभिन्न प्रवृत्तिका मानिसहरूलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भन्नुभयो ।

सुदूरपश्चिममा नेकपा एमालेको इञ्चार्ज भएकोले आफू माथि प्रहार गरेपछि एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कतिपयलाई लागेको हुनसक्ने उहाँले बताउनुभयो । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो ।

यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने भट्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भन्नुभयो ।