२५ पुष २०८१, बिहीबार
,
Latest
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आह्वान पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल ‘झिंगाले सरापेर डिंगा मर्दैन’: प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक



अ+ अ-

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उहाँले बताउनुभयो । “अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उहाँले भन्नुभयो, “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।”

मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन ९सार्क० राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।

“गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्”, अधिकृत ओझाले भन्नुभयो ।

त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाइ छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन ९काल० ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् ।

त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् । रासस