२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ । बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उहाँले बताउनु भयो । उहाँले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बैठकमा जम्मा ११४ जनाले बोल्नुभयो । पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रश्तावमा सबैको समर्थन भयो र पास भएको छ । पार्टीले शुरुको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ । उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ । यो नयाँ पहलकदमी समाजवादका लागि एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास गरिएको छ ।

पार्टीका सम्पूर्ण मोर्चाहरुको सम्मेलन छ महिनाभित्र गर्ने निर्णय भएको छ । संविभधान संशोधनका क्रममा समेत गम्भिर छलफल गएको छ । संविधान संशोधनभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नेमा केन्द्रित भएको छ । संविधान संशोधन नै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको छ ।

राज्यका निकायमा महिला र दलितको सहभागिता बढाउनका लागि संशो हुनुपर्छ भन्ने जोड छ । समग्रमा जनताको अधिकार कटौति गर्नको लागि हैन बिस्तार गर्नका लागि र परिवर्तनका लागि एउटा ठुलो राष्ट्रिय बहस बनाएर मात्र संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ । बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रश्ताव पारित गरेको छ ।

सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताउनु भयो ।