१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै
अ अ+ अ-

काठमाडौँ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ ।

अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विकास सहायता परिचालनको अनुभव, सिकाइका आधारमा यस क्षेत्रलाई व्यवस्थित, प्रभावकारी बनाउन र उपलब्ध अवसरलाई उपयोग गर्न नयाँ नीतिको मस्यौदा तयार पारेको हो ।
विकास साझेदारका आफ्ना वित्त चुनौतीका कारण वैदेशिक सहायताको संरचनामा परिवर्तन हुँदै गएको, विगतमा उपयुक्त देखिएका कतिपय नीतिगत व्यवस्था हाल असान्दर्भिक भएकाले मौजुदा नीतिलाई समयाननुकूल परिमार्जन आवश्यक भएकाले नयाँ मस्यौदा तयार गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

नयाँ नीतिले समृद्ध राष्ट्र निर्माणका लागि विकास सहायताको प्रभावकारी परिचालनमा जोड दिएको छ । “मुलुकको आवश्यकता र प्राथमिकताअनुरूप उच्च प्रतिफल दिने क्षेत्रमा विकास सहायता परिचालन गरी समृद्धि हासिल गर्नु हो । यसका लागि सहायताको उपयोग क्षमतामा वृद्धि गर्ने, राष्ट्रिय प्रणालीमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने, सहायता उपकरणमा विविधीकरण गर्दै पारदर्शिता तथा प्रभावकारिता सुनिश्चित गर्ने प्रयास हुनेछ”, मस्यौदामा भनिएको छ ।

प्रतिव्यक्ति आय वृद्धिसँगै सहायताका नयाँ मापदण्डअनुसार प्राप्त हुने स्रोतलाई उच्च प्राथमिकता प्राप्त क्षेत्रमा केन्द्रित गर्ने लक्ष्य मस्यौदामा प्रस्ताव गरिएको छ । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न विकास साझेदारसँग साझेदारीमा काम गर्ने, जलवायु वित्तमार्फत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिने, र आवधिक योजना हासिल गर्न स्रोत– साधन परिचालनमा सहयोग लक्ष्य निर्धारण गरिएको छ ।

“निजी क्षेत्रको भूमिकालाई विकास कार्यमा अभिवृद्धि गर्न विकास सहायता परिचालनमा नीतिगत थप स्पष्टता आवश्यक देखिएको छ । प्रदेश तथा स्थानीय निकायमा विकास सहायता परिचालनको आकार बढ्दै गएको कारण विकास सहायतामा परिचालनमा अन्तरनिकाय र अन्तरसरकार समन्वय तथा सहकार्यमा स्पष्टता आवश्यक छ”, मस्यौदामा भनिएको छ ।

सरकारको एकल प्रयास र साधनले मात्र विकास प्रयासले सार्थक गति लिन सम्भव नहुने भएकालृ निजी क्षेत्रलगायत अन्य विकास साझेदारसँग भएको साधन, ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै जानुपर्ने आवश्यकता मस्यौदामा औँल्याइएको छ ।

“विकास सहायताका नयाँनयाँ अवधारणा, वित्तीय उपकरण र शैलीको विकास लाई आत्मसात गर्दै विकास सहायतामा नवीन वित्तीय उपकरण परिचालन र उपयोग गर्न नयाँ नीतिको आवश्यक छ”, मस्यौदामा भनिएको छ, “सन् २०२६ मा नेपाल विकासशील राष्ट्रको रुपमा स्तरोन्नति भए पश्चात् नेपालले प्राप्त गर्दै आएको सहुलियत तथा सुविधामा केही असर पर्नसक्ने र प्रतिव्यक्ति राष्ट्रिय आयमा हुने वृद्धिसँगै द्विपक्षीय र बहुपक्षीय विकास साझेदारका सहुलियतपूर्ण विकास सहायताका लागि निर्धारित मापदण्डका कारण नेपालले प्राप्त गर्न सहायताको लागत क्रमशः बढ्ने, अनुदान सहायता घट्दै जाने र सहुलियतपूर्ण ऋण भुक्तानी अवधि कम हुने भएकोले सोही अनुरुप विकास सहायता परिचालनमा छनौटपूर्ण हुनुपर्ने अवस्था छ ।”

अनुदानको रूपमा प्राप्त हुने विकास सहायताको रकम कर तिर्ने प्रयोजनको लागि उपयोग नगरिने प्रस्ताव गरिएको छभने वस्तुगत सहायताअन्तर्गत प्राप्त हुने उपकरण तथा सामग्रीको पैठारीमा सम्बन्धित विषयगत मन्त्रालयको सिफारिसमा मन्त्रालयले कर छुट सुविधा प्रदान गर्न सक्ने वा सरकारको स्रोतबाट कर दायित्व व्यहोर्नुपर्ने छ ।

ऋण सहायताका आयोजनामा भने कर छुटसम्बन्धी प्रावधान समावेश गरिने छैनभने स्वदेशमै उत्पादन हुने सामग्रीको पैठारीमा पनि कर छुट दिइने छैन । विकास साझेदारको कार्यक्षेत्र विभाजन गर्न सकिने व्यवस्था मस्यौदामा गरिएको छ ।

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी गर्ने उद्देश्यका साथ मस्यौदा तयार भएको तथा त्यसमा सरोकारवालालाई सुझाव दिन अनुरोध गरिएको उक्त मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका एक जना कर्मचारीले बताउनुभयो ।