५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते



(Xinhua)
अ+ अ-

काठमाडौँ । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ ।

साथै, ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैबीच, राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिदै भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।