१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको माग



अ+ अ-

काठमाडौं । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले  नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताउनुभयो । मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो ।

सांसद सुजाता परियारले पनि दिनदिनै मुल्य बृद्धि भइरहेको बताउनुभयो । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताउनुभयो ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्ण भएको बताउनुभयो । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।