३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका १० विकेटले विजयी



अ+ अ-

दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका १० विकेटले विजयी भएको छ ।

खेलको चौथो दिन पाकिस्तानले प्रस्तुत गरेको ५८ रनको लक्ष दक्षिण अफ्रिकाले बिना कुनै विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि टस जितेर अफ्रिकाले पहिलो इनिङमा रायन रिकेल्टनको २५९, टेम्बा बाभुमाको १०६ र काइल भेरिनको १०० रनको मद्दतले ६१५ रनको विशाल स्कोर खडा गरेको थियो ।

जवाफमा पाकिस्तानको पहिलो इनिङ १९४ रनमा समेटिएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाएका थिए । फलो अनमा परेको पाकिस्तानलाई दक्षिण अफ्रिकाले दोस्रो इनिङ ब्याटिङ गर्न निम्त्याएको थियो ।

दोस्रो इनिङमा भने पाकिस्तानले सम्हालिएको प्रदर्शन गरेको थियो । तेज बलिङ र स्पिनरले भरिएको अफ्रिकी टिमका बलरको आक्रमणमा संघर्ष गर्दै पाकिस्तानले सबै विकेट गुमाएर ४७८ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसूदले सर्वाधिक १४५ रनको पारि खेलेका थिए ।

खेल संक्षेप
दक्षिण अफ्रिका – पहिलो इनिङ ६१५ रन (अल आउट), दोस्रो इनिङ: ६१ रन (नट आउट)
पाकिस्तान – पहिलो इनिङ: १९४ रन, दोस्रो इनिङ: ४७८ रन (अल आउट)
नतिजा: दक्षिण अफ्रिका १० विकेटले विजयी

यसअघि सेन्चुरियनमा सम्पन्न पहिलो टेस्टमा पनि अफ्रिकाले पाकिस्तानलाइ २ विकेटले पराजित गरेको थियो ।