३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका १० विकेटले विजयी



अ+ अ-

दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका १० विकेटले विजयी भएको छ ।

खेलको चौथो दिन पाकिस्तानले प्रस्तुत गरेको ५८ रनको लक्ष दक्षिण अफ्रिकाले बिना कुनै विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि टस जितेर अफ्रिकाले पहिलो इनिङमा रायन रिकेल्टनको २५९, टेम्बा बाभुमाको १०६ र काइल भेरिनको १०० रनको मद्दतले ६१५ रनको विशाल स्कोर खडा गरेको थियो ।

जवाफमा पाकिस्तानको पहिलो इनिङ १९४ रनमा समेटिएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाएका थिए । फलो अनमा परेको पाकिस्तानलाई दक्षिण अफ्रिकाले दोस्रो इनिङ ब्याटिङ गर्न निम्त्याएको थियो ।

दोस्रो इनिङमा भने पाकिस्तानले सम्हालिएको प्रदर्शन गरेको थियो । तेज बलिङ र स्पिनरले भरिएको अफ्रिकी टिमका बलरको आक्रमणमा संघर्ष गर्दै पाकिस्तानले सबै विकेट गुमाएर ४७८ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसूदले सर्वाधिक १४५ रनको पारि खेलेका थिए ।

खेल संक्षेप
दक्षिण अफ्रिका – पहिलो इनिङ ६१५ रन (अल आउट), दोस्रो इनिङ: ६१ रन (नट आउट)
पाकिस्तान – पहिलो इनिङ: १९४ रन, दोस्रो इनिङ: ४७८ रन (अल आउट)
नतिजा: दक्षिण अफ्रिका १० विकेटले विजयी

यसअघि सेन्चुरियनमा सम्पन्न पहिलो टेस्टमा पनि अफ्रिकाले पाकिस्तानलाइ २ विकेटले पराजित गरेको थियो ।