२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमाले केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्छ’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालले नै गरिरहेको हुँदा जारी केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले पार्टीलाई संगठिक बनाउँदै वैचारिक तथा राजनीतिक ढंगले सुव्यवस्थित बनाउन कार्यदिशा निश्चित गर्ने समेत बताउनु भयो ।

उहाँले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानूनहरु बनाउँदै सुशासन कायम गर्ने दिशासा अगाडि बढिरहेको पनि बताउनु भयो । उहाँले सरकारले विधेयक र कानूनहरु बनाउन तथा आर्थिक लगानीको कुरामा जोड दिन कार्यदलहरु बनाएको उल्लेख गर्दै कार्यदलहरुको सुझावका आधारमा अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई अझ सुदृढ, संगठिक बनाउने र वैचारिक तथा राजनीतिक ढंगले सुव्यवस्थित बनाउने ढंगले नै अगामि कार्यदिशाहरु निश्चित हुन्छ यो बैठकमा । सरकारको नेतृत्व हामीले नै गरिरहेको हुनाले सरकारको काम कारबाही प्रभावकारी बनाउनुपर्छ भनेर प्रतिवेदनमै छ । त्यसमा प्रतिवेदन प्रश्तुतकर्ता अध्यक्ष कमरेडले पनि अझै प्रभावकारी भएन भनेर स्वयं भन्नु भएको छ । भनेपछि यो बैठकले सरकारलाई समेत थप दिशानिर्देशन गर्छ । र विशेष गरिकन सरकारले केही कार्यदलहरु बनाएको छ । विधेयकहरु अगाडि बढाउने, कानूनहरु बनाउने, आर्थिक लगानीको कुरामा पाि बढी जोड दिने खालका कार्यदलहरु बनाइएको छ । कार्यदलको रिपोर्टअनुसार सरकार अगाडि बढ्छ । अगामी बजेट तथा नीति कार्यक्रम बनाउँदा हामी प्रयाप्त ध्यान दिन्छौं । कमि कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्छौं ।’

केन्द्रिय कमिटी सदस्य भानुभक्त ढकालले पार्टी नेतृत्वको बारेमा कुनैपनि विवाद नरहेको बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयमा केही कुरा नसुनेको उल्लेख गर्दै आत्मसन्तुष्टिको लागि हल्ला फैलाइएको बताउनु भयो । उहाँले नेतृत्वको बारेमा पार्टीमा कुनै विवाद नरहेको र यस विषयले केन्द्रिय कमिटिमा प्रवेश समेत नपाएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिज्युले म राजनीतिमा आउँछु भनेर बोलेको मैले आजसम्म सुनेको पनि छैन । अहिले हाम्रो महाधिवेशन पनि छैन । किनभने अहिले हामी पार्टी स्मुथली ड्राइभ गरिरहेका छौं । बिना तुकका कुराहरु गरेर कतिपय मान्छेहरुलाई सन्तुष्टि लाग्छ । त्यो आत्मसन्तुष्टिको लागि कतिपय मान्छेहरुले खपत गरेका छन् । हाम्रो पार्टीमा नीतिको बारेमा नेतृत्वको बारेमा कुनैपनि विवाद छैन । केन्द्रीय कमिटिको बैठकमा यस विषयले प्रवेश समेत पाएको छैन ।’

केन्द्रिय कमिटी सदस्य विशाल भट्टराईले २०८४ को निर्वाचनपछि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजनाका साथ अघि बढिहरको बताउनु भयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने विषयलाई बल पु¥याउने गरी अनुशासन लगायतका विषयमा बैठकमा छलफल जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले एउटा राष्ट्रिय शक्ति हो । अनवरत रुपमा यो एउटा बलियो शक्तिको रुपमा रहँदै आइरहेको छ । र अब २०८४ पछि मुलुकमा नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्ने योजनाको साथ हामी अगाडि बढेका छौं । त्यसैलाई बल पुग्ने गरी पार्टीमा अुनशासन कायम हुने कुरा, पार्टीमा विधि स्थापित गर्नेकुरा, र पार्टीले अगामि दिनका लागि तय गरेका कार्यक्रमहरुलाई ग्रासरुटसम्म प¥ुयाउने कुराहरु बैठकमा उठेका छन् । यिनै कुराहरुलाई कार्यान्वयनमा लग्ने कुराहरु भएका छन् ।’

जारी एमाले केन्द्रिय कमिटि बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।