२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दासँग बिहे गर्न चाहन्थिन् रविना !



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले हालसालै रविना टण्डन र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताएकी छन् ।

उनले यो पनि खुलासा गरेकी छिन् कि रविनाले प्रायः गोविन्दालाई भेटेको भए उनीसँग विवाह गर्ने थिइन् ।

९० को दशकमा गोविन्दा र रविनाको जोडी बलिउडको हिट जोडी मध्ये एक थियो । उनीहरुले परदेशी बाबु, आन्टी नम्बर १, बडे मियाँ छोटे मियाँ र आखियों से गोली मारे जस्ता चलचित्रमा सँगै काम गरेका छन् ।

हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा सुनिताले गोविन्दासँग सेटमा जाँदा शिल्पा शेट्टी, रविना टण्डन र मनिषा कोइरालाजस्ता अभिनेत्रीहरूसँग धेरै रमाइलो गर्ने गरेको बताइन् । उनले भनिन्– सुटिङपछि हामी सबैले सँगै खाना खान्थ्यौँ । गोविन्दाको सह–कलाकारसँग राम्रो सम्बन्ध थियो । रविना अझै भन्छिन् कि चिची (गोविन्दा)ले मलाई पहिले भेटेको भए उनैसँग बिहे गर्ने थिएँ ।

गोविन्दा सन् १९९० को दशकमा सबैभन्दा लोकप्रिय अभिनेता थिए । एक समय उनले ७५ वटा फिल्म साइन गरेका थिए । दिनमा चारभन्दा बढी फिल्ममा ​​काम गर्दथे । यो अवधिमा उनले घरमा कम समय बिताए । उनी प्रायः सुटिङका ​​लागि बाहिर गगर्दथे । सुनिताले गोविन्दाको यो यात्राको बारेमा पनि बताइन् ।