एजेन्सी । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले हालसालै रविना टण्डन र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताएकी छन् ।
उनले यो पनि खुलासा गरेकी छिन् कि रविनाले प्रायः गोविन्दालाई भेटेको भए उनीसँग विवाह गर्ने थिइन् ।
९० को दशकमा गोविन्दा र रविनाको जोडी बलिउडको हिट जोडी मध्ये एक थियो । उनीहरुले परदेशी बाबु, आन्टी नम्बर १, बडे मियाँ छोटे मियाँ र आखियों से गोली मारे जस्ता चलचित्रमा सँगै काम गरेका छन् ।
हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा सुनिताले गोविन्दासँग सेटमा जाँदा शिल्पा शेट्टी, रविना टण्डन र मनिषा कोइरालाजस्ता अभिनेत्रीहरूसँग धेरै रमाइलो गर्ने गरेको बताइन् । उनले भनिन्– सुटिङपछि हामी सबैले सँगै खाना खान्थ्यौँ । गोविन्दाको सह–कलाकारसँग राम्रो सम्बन्ध थियो । रविना अझै भन्छिन् कि चिची (गोविन्दा)ले मलाई पहिले भेटेको भए उनैसँग बिहे गर्ने थिएँ ।
गोविन्दा सन् १९९० को दशकमा सबैभन्दा लोकप्रिय अभिनेता थिए । एक समय उनले ७५ वटा फिल्म साइन गरेका थिए । दिनमा चारभन्दा बढी फिल्ममा काम गर्दथे । यो अवधिमा उनले घरमा कम समय बिताए । उनी प्रायः सुटिङका लागि बाहिर गगर्दथे । सुनिताले गोविन्दाको यो यात्राको बारेमा पनि बताइन् ।