२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

विद्यालयहरू पुनः सञ्चालन हुन थाले, संक्रमणको जोखिम कायमै

विद्यालयहरू पुनः सञ्चालन हुन थाले, संक्रमणको जोखिम कायमै
अ अ+ अ-

काठमाडौँ । कोरोना महामारीका कारण ६ महिना बन्द रहेका विद्यालयहरू पुनः सञ्चालन हुन थालेका छन् । अभिभावक, विद्यार्थी, शिक्षकहरू त्रासका बीच शैक्षिक गतिविधिमा जुट्दा संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता पनि बढेको छ । काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, धादिङ, डडेलधुरा, गोरखा, लमजुङ, तनहुँ, हुम्ला, बाजुरा, मुगु, सल्यान, कालीकोट, रूपन्देही, चितवनलगायतका जिल्लामा भौतिक रूपमै शिक्षक–विद्यार्थी कक्षाकोठामा जुटेर पठनपाठन हुन थालेको छ । स्थानीय तह र विद्यालयले थालेको पठनपाठन कतिपय जिल्लामा भने स्थानीय प्रशासनले रोकसमेत लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय, सल्यानले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न भनेको छ । जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयले विभिन्न तरिकाबाट पठनपाठन गराउन थालेका थिए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेको सूचनामा विद्यालय, कलेज, तालिम केन्द्र र परीक्षा सञ्चालनमा रोक लगाइएको छ । जिल्लामा कोरोना संक्रमण फैलिएकाले शिक्षण संस्थालगायत भीडभाड हुने गतिविधिमा रोक लगाइएको कार्यालयले जनाएको छ । लमजुङ प्रशासनले पनि शैक्षिक गतिविधि सञ्चालनमा रोक लगाएको छ । त्यहाँका विद्यालयले जोरबिजोर प्रणालीमा कक्षा चलाएका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रत्यक्ष सिकाइ विधिबाट कक्षा सञ्चालन नगर्न सचेत गराएका छन् । विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित शिक्षण संस्थाले लिनुपर्ने चेतावनी दिइएको छ ।

जनस्वास्थ्य र शिक्षाविद्हरू स्थानविशेष जोखिमको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक रूपमा पठनपाठनलाई निरन्तरता दिन सकिने बताउँछन् । जनस्वास्थ्यविद् डा. शरद वन्तले शैक्षिक गतिविधिलाई सुरक्षित ढंगबाट सामान्यीकरण गर्दै जानुपर्ने सुझाए । ‘कोरोनाको जोखिम सबै ठाउँमा बराबर छैन । कतै अत्यत्यै उच्च जोखिम छ, कतै अत्यन्तै कम,’ उनले भने, ‘कम जोखिम रहेका ठाउँमा स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न सकिन्छ ।’ वन्तका अनुसार शिक्षण संस्थामा स्वास्थ्य मापदण्ड अपनाउने विधि थुप्रै छन् । शिक्षक, विद्यार्थी र कर्मचारीले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाउन उनको सुझाव छ । कक्षाकोठा, खानेपानी, शौचालय, चमेना गृहलाई सुरक्षित बनाउनुपर्ने उनले औंल्याए । ‘विद्यार्थी–विद्यार्थी, विद्यार्थीबाट शिक्षक र शिक्षकबाट विद्यार्थीलाई पनि संक्रमण फैलिन सक्छ भन्नेमा सचेत हुनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले आफ्नो क्षेत्रको कोरोना संक्रमणको अवस्था विश्लेषण गरेर कक्षा सञ्चालन गर्न सक्छन् ।’ शिक्षण संस्थामा भौतिक दूरी कायम गराउन आलोपालो र आंशिक रूपमा पनि कक्षा सञ्चालन गर्न सकिने उनले

प्रस्ट्याए । ‘४० जना विद्यार्थी राख्ने कोठामा बढीमा २० जना मात्रै राख्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘बिहान र दिउँसोको सिफ्टमा पठनपाठन गराउन सकिन्छ ।’ कोरोनाको उच्च जोखिममा रहेको काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाले असोज १६ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले विद्यालय सञ्चालनको निर्णय गरेको शिक्षा शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए । सामाजिक र भौतिक दूरी कायम गरी अभिभावक र विद्यालय व्यवस्थापन समितिको आपसी छलफलपछि विद्यालय सञ्चालन गर्नुपर्ने निर्णयमा भनिएको छ । विद्यार्थीहरूको समूह बनाएर सिफ्टअनुसार भौतिक उपस्थितिमा नै विद्यालयमा पठनपाठन गराउन सकिने आचार्यले बताए ।

शिक्षाविद् विद्यानाथ कोइराला संक्रमण शून्य रहेको स्थानीय तहमा वैशाखदेखि नै कक्षा सञ्चालन गर्न सकिने अवस्था रहेको बताउँछन् । ‘आफ्नो अवस्था र क्षमताअनुसार कक्षा चलाऊ भनेर पहिल्यै पालिकाहरूलाई भन्नुपर्ने थियो,’ उनले भने । नीतिशालाले गरेको सर्वेक्षणमा ५ सय ८३ स्थानीय तह कोरोनामुक्त छन् । ती स्थानीय तहमा स्वास्थ्य मापदण्ड कायम गरेर पठनपाठन गराउनुपर्नेमा उनले जोड दिए । ‘संविधानअनुसार पनि विद्यालय सञ्चालन गर्ने पालिकाले नै हो, यसमा दुविधा छैन,’ उनले भने, ‘पालिकामा इच्छाशक्ति पनि छ । पालिका, स्कुल र शिक्षकले म सक्छु भनेर अघि बढ्नुपर्छ ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय सञ्चालनका विषयमा भ्रम छरेको उनले आरोप लगाए । ‘कहिले दसैंसम्म विद्यालय खुल्दैन भनेको छ, कहिले यो शैक्षिक सत्र पढाइ हुँदैन भनेको छ,’ शिक्षाविद् कोइरालाले थपे, ‘पालिकाहरूले कोरोनाको ख्याल गरेर अरूका कुरा नसुनी विद्यालय सञ्चालनमा जुट्नुपर्छ ।’ तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा नै पठनपाठन थाल्ने निर्णय गरेको छ । शिक्षकहरूको सुझावका आधारमा भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मायादेवी राना आलेले जानकारी दिइन् । शिक्षा समितिले कक्षा २ देखि माथिका विद्यार्थीलाई विद्यालयमा नै पठनपाठन गराउने निर्णय गरेको हो ।

५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने र साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउन भनिएको छ । कान्तिपुर दैनिक