१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

आइतबारदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका हुन् ।

आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने गरी प्रस्ताव गरिएको सचिव चक्रपाणि खनालले जानकारी दिए । ‘पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ । सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याउनु भएको छ’, उनले भने ।