३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

आइतबारदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका हुन् ।

आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने गरी प्रस्ताव गरिएको सचिव चक्रपाणि खनालले जानकारी दिए । ‘पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ । सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याउनु भएको छ’, उनले भने ।