२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 24

Latest
संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ शेर्पा नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा सुनचाँदीको मूल्य घट्यो प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह लेखापाल ब्रजेश कुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि का सञ्चालक तथा अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जित कुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकास कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आ.व. २०७९/०८० मा कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेसिफिकेसन अनुसारको सामान खरिद नगरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।