२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

सकारात्मक छलफलका शून्य परिणाम

सकारात्मक छलफलका शून्य परिणाम
अ अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन।ओली पक्षका एक स्थायी समिति सदस्यले दिनहुँको छलफल सकारात्मक भए पनि परिणाम भने शून्यको अवस्थामा रहेको बताए।प्रधानमन्त्री ओलीले रिक्त रहेका र टुक्र्याइने तीन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने विधिको कुरा गरिरहेका छन्। अर्का अध्यक्ष दाहालले भने केही अपवादका बाहेक व्यापकतामा मन्त्रीहरूको पुनर्गठनको प्रस्ताव राखेका छन्।‘समग्रमा गर्ने कि अलिकति भन्नेमा दुई अध्यक्षबीच कुराकानी भइरहेको छ। प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, प्रचण्ड (दाहाल) ले समग्रमा गरौं भनिरहनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘केही मिलेको छैन। त्यसमै दिनहुँ छलफल जारी छ।’ 

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउनेरनगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन। उपाध्यक्ष गौतमका सन्दर्भमा मन्त्री बन्न पाउने नपाउने संवैधानिक प्रश्न सर्वोच्च अदालतमा उठेको छ। गौतमको मुद्दामा दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि आज (बुधबार) बोलाएको छ। दाहाल गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन्। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन्। ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनुपर्ने बताएको स्रोतले जनाएको छ।

दाहालले मंगलबार ओलीसँगको छलफलअघि नेपाल र गौतमसँग खुमलटारमा छुट्टाछुट्टैभेट गरेका थिए। त्यस क्रममा दाहालले प्रधानमन्त्रीसँग मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिल्न नसकेको बताएका थिए। ‘प्रधानमन्त्री अझै रिक्त मन्त्रालयमा र राज्यमन्त्री नराखी टुक्र्याइने मन्त्रालयमा मात्र मन्त्री थप गरेर जाने विषयमा मात्र अडानमा देखिरहनुभएको छ’, दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘कुरा मिल्न सकेको छैन। मैले समग्रमा पुनर्गठनको सन्देश जाने गरी व्यापक पुनर्गठनकै कुरा उठाइरहेको छु, केही पनि मिल्न सकेको छैन।’ गौतमले भने आफ्नो अदालतको बहस पर्खिन आग्रह गरेको स्रोतले बताएको छ। अन्नपुर्णपोष्ट दैनिक