२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः ललित एक्लैको सात विकेटमा आर्मी १२१ रनमा समेटियो



अ+ अ-

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमै समेटिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३४ ओभर ४ बलमा १२१ रन बनाएर अलआउट भएको हो ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशी एक्लैले ७ विकेट लिए । १४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । यस्तै, कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एक एक विकेट लिए ।