४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काँग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने

काँग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले वर्तमान अवस्थामा सरकारले कोभिड १९को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीका साथै कोभिडले निम्त्याएका विविध विषयमा परेका जनताका मर्कामा पनि सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारलाई दबाब दिनका लागि संसदको विशेष अधिवेशन बोलाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

यसका लागि काँग्रेसको संसदीय दलको बैठकको आह्वान गरी सोहीमार्फत अघि बढ्ने निर्णय भएको काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले जानकारी दनुभयो । 
उहाँले आजको सो बैठकमा नेपाली काँग्रेसमा आएको पार्टीभित्रको विरोध पत्रका बारेमा पनि कुराकानी भएको र सो विषयमा र सरकार तथा अरु पनि समसामयिक विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्नेगरी छलफलका एजेण्डाहरु पनि तय भएको जानकारी दिनुभयो । 

साथै नेपाली काँग्रेसले वर्तमान सरकारका ज्यादतिका विरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा।महतले बताउनुभयो । 
काँग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने भएको हो । यस बारेमा पनि आजको सो बैठकमा छलफल भएको थियो ।