१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो



अ+ अ-

तुलसीपुर, (दाङ) । मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच ।

यो दृश्य शनिबार तुलसीपुर उपमहानगरपालिका–१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमको हो । वडाभित्रका विभिन्न टोल विकास संस्था तथा क्लबले यसमा सहभागिता जनाएका थिए । थारू संस्कार तथा संस्कृति संरक्षण गर्न यसरी माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

“पछिल्लो समय नयाँ पुस्ताले थारू संस्कार, संस्कृति भुल्दै गएको भन्ने गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेका हौँ ।” वडाले यसरी प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मले भाग लिएका थिए । जसमा रजौराको नाच प्रथम, रजेनीको नाच द्वितीय र रझेनाको नाच तृतीय भएका छन् । अन्य नाचका सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । यस्तै, झाँकीमा रझेनीको नाचले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विभिन्न वेशभूषामा सजिएर थारू समुदाय सहभागी भएको थियो । जहाँ ढिक्री, अचार, घुँङी, बङ्गुरको मासुसमेतको व्यपस्था गरिएको थियो । जुन थारू समुदायको परिकार हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले थारू समुदायले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो । उक्त अवसरमा गुरुवा, सुडेनी, महतवा र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । उहाँहरूले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा कलाकार दोषरण चौधरी र सङ्गीता चौधरीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । रासस