७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन



अ+ अ-

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेका पुडासैनीलाई हेल्पिङ ह्यान्ड्स अस्पतालले मृत घोषित गरेको हो ।

पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए । अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए ।

छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवर बताउँछन् ।

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए ।

उनको निधनमा श्रद्धाञ्जली दिदै पत्रकार गणेश पाण्डेले फेसबुकमा लेखेका छन्, ‘प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश उपाध्यक्ष श्याम सुन्दर पुडासैनी भाइ, तिम्रो शरीरलाई छाम्दा तिमी जुरुक्क उठ्छौ जस्तो लाग्छ। तर, अस्पतालमा तिम्रो मृत शरीर अगाडि उभिँदा मलाई असाध्यै पीडा भएको छ। अकस्मात् यो तिमीलाई के भयो रु प्रिय भाइ तिमी उठ ! प्लीज भाइ !’