७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी

विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
अ+ अ-

काठमाडौँ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकासका पूर्वाधार निर्माणमा आफ्नो मन्त्रालयले सहजीकरण र सरलीकरण हुनेगरी काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले विकास निर्माणलाई सहज हुनेगरी वनसम्बन्धी कानुन संशोधन गर्न लागिएको जानकारी गराउनुभयो । मन्त्री शाहीले भन्नुभयो, “विकास आयोजनामा देखिएका कानुनी अल्झन समयमै समाधान गरेर अघि बढ्न कानुनमा समसामयिक संशोधन गर्न लागेका छौँ । यस समिति बैठकमा सांसदहरूले उठाउनुभएका सुझावलाई मनन गरेर अघि बढ्न मन्त्रालय प्रतिबद्ध छ ।”

उहाँले नेपालमा जलवायु परिवर्तनले परेका असर, यस सम्बन्धमा नेपालबाट भएका प्रयास र अन्तर्राष्ट्रियस्तरका मञ्चमा नेपालको सहभागिता, आगामी दिनमा वन, वातावरण तथा जलवायु परिवर्तन क्षेत्रमा गर्नुपर्ने कामलगायत सांसद र विज्ञहरूका सुझावका लागि आभार व्यक्त गर्नुभयो ।

बैठकमा वन राज्यमन्त्री रुपा विकले वन व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा पर्याप्त मात्रामा वनजङ्गल भए पनि जनताले मागअनुसारको काठ उपयोग गर्न नपाएको अवस्थामा सोही विषयलाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो ।

वन सचिव डा दीपककुमार खरालले  नेपालमा जलवायु परिवर्तनबाट परेका असर न्यूनीकरण गर्ने सम्बन्धमा भएका प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले सांसदका जिज्ञासामा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) लगायतका मञ्चमा नेपालको सहभागिताको प्रभावकारी रहेको बताउनुभयो ।

समिति सभापति कुसुमदेवी थापाको अध्यक्षतामा भएको बैठकमा सांसदहरू वीरबहादुर बलायर, वीरेन्द्रप्रसाद महत्तो, भानुभक्त जोशी, रुपा सोशी चौधरी, विनिता कठायत, सरस्वती सुब्बा, अशोक चौधरी, विजुला रायमाझीलगायतले विकास निर्माणका काममा देखिएका कानुनी अल्झन तत्काल हटाउन काम गर्न, जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिता प्रभावकारी बनाउन तथा आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको थियो ।रासस