२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा २९६८ सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल, २५२ जनाको मृत्यु !



अ+ अ-

काठमाडौं । नेपालमा दुर्घटनाको तथ्यांक डरलाग्दो देखिएको छ । मंसिर महिनामा मात्र २९६८ वटा सवारी साधनमा दुर्घटनामा परेका छन् । २०१४ वटा दुर्घटनामा ती सवारी साधनमा क्षति भएको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । कुल दुर्घटनामध्ये १८ सय २ अर्थात ६० दशमलव ७१ प्रतिशत मोटरसाइकल छन् । त्यसैगरी ४०० वटा कार, जीप र माइक्रो दुर्घटनामा परेका छन् ।

सबैभन्दा धेरै दुर्घटना साँझ र रातिको समयमा हुने अध्ययनले देखाएको छ ।

ट्राफिक प्रहरीले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिएको छ । तीव्र गतिका कारण १०४५ वटा दुर्घटना भएको छ ।

त्यसैगरी मादक पदार्थ सेवा गरी सवारी चलाउँदा १ सय ३८ वटा दुर्घटना भएका देखिन्छ । तयस्तै ट्राफिक नियम उल्लंघन गर्दा १२०, ओभरटेक गर्दा ७८ र यान्त्रिक गडबडीका कारण १८ वटा दुर्घटना भएका छन् ।

दुर्घटनाबाट मंसिरमा २ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै ५५६ जना गम्भीर घाइते हुँदा २६३४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंसिरभर १ लाख २६ हजार ४०८ वटा सवारी साधन कारबाहीमा पर्दा १० करोड १२ लाख ९ हजार १ सय ५६ रुपैयाँ राज्य संकलन भएको छ ।