५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा २९६८ सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल, २५२ जनाको मृत्यु !



अ+ अ-

काठमाडौं । नेपालमा दुर्घटनाको तथ्यांक डरलाग्दो देखिएको छ । मंसिर महिनामा मात्र २९६८ वटा सवारी साधनमा दुर्घटनामा परेका छन् । २०१४ वटा दुर्घटनामा ती सवारी साधनमा क्षति भएको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । कुल दुर्घटनामध्ये १८ सय २ अर्थात ६० दशमलव ७१ प्रतिशत मोटरसाइकल छन् । त्यसैगरी ४०० वटा कार, जीप र माइक्रो दुर्घटनामा परेका छन् ।

सबैभन्दा धेरै दुर्घटना साँझ र रातिको समयमा हुने अध्ययनले देखाएको छ ।

ट्राफिक प्रहरीले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिएको छ । तीव्र गतिका कारण १०४५ वटा दुर्घटना भएको छ ।

त्यसैगरी मादक पदार्थ सेवा गरी सवारी चलाउँदा १ सय ३८ वटा दुर्घटना भएका देखिन्छ । तयस्तै ट्राफिक नियम उल्लंघन गर्दा १२०, ओभरटेक गर्दा ७८ र यान्त्रिक गडबडीका कारण १८ वटा दुर्घटना भएका छन् ।

दुर्घटनाबाट मंसिरमा २ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै ५५६ जना गम्भीर घाइते हुँदा २६३४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंसिरभर १ लाख २६ हजार ४०८ वटा सवारी साधन कारबाहीमा पर्दा १० करोड १२ लाख ९ हजार १ सय ५६ रुपैयाँ राज्य संकलन भएको छ ।