८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा
अ+ अ-

त्रिशूली । जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो ।

उक्त स्थानमा अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ९रमेश०ले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बुट्यान–झाडी हटाएर धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा आवश्यक संरचना निर्माण गरिरहेको छ ।

“पर्यटकलाई आकर्षित गर्न आवश्यक संरचनासहित भूमेदेवी मन्दिर व्यवस्थापन, खेल मैदान, घरबास ९होमस्टे० निर्माण गरेसँगै नुवाकोटसहित आसपासबाट वनभोज, घुमफिर र विभिन्न औपचारिक कार्यक्रममा आउने दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आइरहेका छन्”, अध्यक्ष तामाङले भन्नुभयो, “स्थानीय कृषिउपजको उपभोग, खरिद बिक्रीसहित आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमसहित उक्त स्थानमा गाउँपालिकाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सहिदको शालिकसहित पार्क निर्माण र पालिकावासीको श्रमदानबाट चियाका बिरुवा रोपण गरेको छ । उपत्यकाका रूपमा रहेको उक्त स्थानमा हरियाली चियाबगान, पानी, बत्ती, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई आकर्षक किसिमले तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउने स्थानीय पुरुषोत्तम खड्काले बताउनुभयो ।

पछिल्लो पाँच वर्षमा नुवाकोटको उत्कृष्ट गन्तव्यका रूपमा पर्यटकको रोजाइमा घ्याङस्वारा पर्न थालेको खड्काले उल्लेख गर्नुभयो । “आन्तरिक पर्यटकको आगमन बढेसँगै यसको प्रचारप्रसार पनि भइरहेको छ । काठमाडाँैबाट नजिकै पर्ने भएकाले खुला स्थानको खोजीमा रहेकालाई यहाँ आउन, खाजा तथा खाना स्थानीय कृषिउपजको व्यवस्थासहित होमस्टे सञ्चालनमा छन् । साथै स्थानीय उब्जनीको बिक्री बढ्नुका साथै घरबास र होटलको आम्दानी पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले सरकारी लगानीमा घरबास निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । “निजी क्षेत्रबाट पनि आकर्षक होटल तथा रेष्टुरेन्ट र घरबासको निर्माण भइरहेका छन् । गाउँपालिकाले घरबास सञ्चालन र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएको छ । स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाइ एक हजार सात सयदेखि दुई हजार दुई सय मिटरसम्म रहेको भन्दै यसलाई खुला उपत्यकाका रूपमा चिनिएको अध्यक्ष तामाङले बताउनुभयो । उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चियाबगानको मध्येविन्दुबाट बनाइएकाले घुमफिरसहित हिन्दू र बौद्धमार्गीको तीर्थस्थलका रूपमा यसको महत्व बढेको उहाँको भनाइ छ ।

पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभञ्याङसम्म कालोपत्रसहितको व्यवस्थित सडक भए पनि करिब पाँच किमी ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडकसहित थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरिरहेको अध्यक्ष तामाङले उल्लेख गर्नुभयो ।

सोही अनुसार निर्माणाधीन खेल मैदानलाई बहुउद्देश्य रङ्गशाला बनाउने परिकल्पनासहित पूर्वाधार निर्माणमा सोही स्थानबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य हुनुभएका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले चासो देखाउनुभएको तामाङले बताउनुभयो ।

पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै गएको घ्याङस्वारामा गाउँपालिकाले गरेकको परिकल्पनामा थप पूर्वाधार निर्माणसहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवं खेलमैदानलाई बहुउद्देश्य रङ्शाला निमार्णमा आफूले पहल गर्ने कांग्रेसका प्रवक्ता डा महतले प्रतिबद्धता जनाउनुभएको थियो ।

नुवाकोट र यस आसपास जिल्लाका हिमशृङ्खला अवलोकनसहित मनोरम वातावरणमा रमाउन सकिने भएकाले यहाँका संरचना व्यवस्थित बनाउने परिकल्पकनालाई पूर्णता दिन आगामी आर्थिक वर्षमा आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“सबैभन्दा उच्च स्थान ९दुई हजार दुईसय मिटर०को थाप्लोमा रहेको भूमेस्थान गणेश मन्दिर, निर्माणाधीन खेल मैदान, उक्त स्थान पुग्नलाई बाँकी रहेको सडक कालोपत्र र सोही ठाउँबाट दुप्चेश्वरको गोल्फूभञ्याङ हुँदै सिन्धुपाल्चोकलाई जोडेर सडक निर्माणमार्फत पर्यटकीय मार्ग निर्माणको योजनालाई पूर्णता दिन पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रबाट बहुशीर्षकमा बजेटको सुनिश्चित गर्ने प्रतिबद्धता प्रवक्त डा महतोले गर्नुभएको छ”, अध्यक्ष तामाङले भन्नुभयो ।

पर्यटन प्रवर्द्धनका लागि नुवाकोटमा ककनी, सूर्याचौर, शिवपुरी निकुञ्जका साथै पछिल्लो समय घ्याङस्वाराबाट पनि लाभ लिन थालिएको स्थानीय बताउँछन् ।